काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बुधबारदेखि काठमाडौंमा राष्ट्रिय लिग फुटबल शुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने राष्ट्रिय लिग फुटबलको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको हो । लिगमा १७ क्लबको सहभागिता रहने भएको छ । बुधबार हुने उद्घाटन खेलमा काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुने भएको […]