महेन्द्रनगर- महाकाली नदीमा डुबेर एक युवक बेपत्ता भएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२, ओदालीका २१ वर्षीय रोशन दमाईं नदीमा बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, मंगलबार दिउँसो महाकाली नदीमा पौडी खेल्ने क्रममा उनी नदीमा बेपत्ता भएका हुन्। बेपत्ताको राति अबेरसम्म नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी कार्य जारी राखेको भए पनि हालसम्म […]