बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले अनलाइन माध्यमबाट ‘फेस लेस’ सेवा सुरु गरेको छ । ई-गभर्नेन्सको अवधारणाअनुसार कार्यालयले आदिवासी-जनजाति, खस-आर्य तथा दलित समुदायको प्रमाणित गर्ने सेवा अनलाइनबाटै उपलब्ध गराउन थालेको हो । जिल्लाको विकट भौगोलिक अवस्थाका कारण सदरमुकाम पुगेर सेवा लिन सर्वसाधारणले व्यहोर्नुपर्ने समय र आर्थिक खर्चलाई ध्यानमा राख्दै फेस लेस सेवा सुरु गरिएको प्रमुख […]