सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गरिएको छ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित रहेको धानखेतमा हात्तीलाई मारेर गाडेको भेटिएपछि एक जनालाई पक्राउ गरिएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेकाले पक्राउ गरिएको व्यक्तिको नाम सार्वजनिक गरिएको छैन । नियमित गस्तीमा आउने कोशीटप्पु वन्यजन्तु आरक्षको टोलीले कङ्कालिनी मन्दिरदेखि करिब एक किलोमिटर […]