हेटौँडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने

पूर्व–पश्चिम राजमार्ग तथा त्रिभुवन राजपथअन्तर्गत हेटौँडा बजार क्षेत्रमा सुरु भएको सडक विस्तारका कारण यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले मुख्य बजार क्षेत्रमा निर्माण कार्य तीव्र रूपमा अघि बढाएपछि सवारी आवागमन प्रभावित नहोस् भनी अस्थायी रुट परिवर्तनको व्यवस्था गरेको हो । काठमाडौँ र चितवनतर्फ जाने सवारी साधनका […]