वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने कानुनी बाटो खुल्ने भएको छ। संघीय संसद्को अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको दफाबार छलफलका क्रममा वाणिज्य बैंकका सीईओको अनुभवलाई समेत गभर्नर बन्न आवश्यक योग्यतामा समेट्ने निर्णय गरेको हो। तर वाणिज्य बैंकको बहालवाला सीईओले पदबाट बाहिरिनेबित्तिकै गभर्नर बन्न भने पाउने छैनन्। […]