मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेलापरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले आज बिहान बालिका बिनिता भ्लोनको शव फेला परेको जानकारी दिए । निर्मल माध्यामिक विद्यालयबाट पढेर फर्किने क्रमममा मङ्गलबार अपराह्न चार बालिकालाई खोलाले बगाएको थियो । उनीहरूमध्ये एकको सकुशल उद्धार […]