श्रीलङ्कालाई आइएमएफको ३४ करोड ५० लाख डलर

कोलम्बो, १९ असोज । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले श्रीलङ्काको दुई अर्ब ९० करोड डलरको आर्थिक पुनरुत्थान कार्यक्रमअन्तर्गत करिब ३४ करोड ५० लाख डलर उपलब्ध गराउने प्रारम्भिक सहमति गरेको छ । आर्थिक सुधारमा प्रगति गरिरहेको श्रीलङ्कालाई उच्च ऊर्जा मूल्य, एल निनो जलवायु घटना तथा मध्यपूर्वको द्वन्द्वबाट जोखिम बढ्न सक्ने चेतावनी पनि आइएमएफले दिएको छ । […]