दीपक खड्कालाई ७ दिन म्याद थप

काठमाडाैं । पूर्वमन्त्री दीपक खड्कमाथि अनुसन्धान गर्न सात दिन म्याद थप गर्ने निर्णय अदालतले गरेको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको एकल इजलासले खड्कामाथि अनुसन्धान गर्न ७ दिन म्याद थप गर्ने निर्णय गरेको हो। सूचना अधिकारी दिपककुमार श्रेष्ठका अनुसार अनुसार आइतबार उक्त निर्णय भएको हो। दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सीआईबीले पक्राउ गरेको थियो।