नेपाल सरकारले सन् २०२७ लाई ‘आरोग्य वर्ष’ घोषणा गरेसँगै आरोग्य पर्यटन प्रवर्द्धनलाई संस्थागत गर्ने उद्देश्यले तारे होटलहरूमा आरोग्य खाना अभियान सुरु गरिएको छ। होटल संघ नेपाल (हान) ले नेपाल इन बिजनेससँगको सहकार्यमा ‘नेपाल आरोग्य खाना अभिमुखीकरण तथा प्रवर्द्धन कार्यक्रम’ आयोजना गर्दै तारे होटलहरूमा आरोग्य पर्यटन तथा आरोग्य खानाको अवधारणालाई विस्तार गर्ने अभियानको शुभारम्भ गरेको हो। […]