प्रधानमन्त्री कार्कीले धापासी पुगेर गरिन् मतदान

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् । यसअघि उनले बिहान सामाजिक सञ्जालमार्फत् सबैलाई मतदानमा उत्साहका साथ सहभागी हुन अनुरोध गरेकी थिइन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु। […]