काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा न्युरोड टिम (एनआरटी) ले संकटा क्लबलाई पराजित गरेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले संकटालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । एनआरटीको जितमा क्रितिसरत्न छुजुले खेलको १० औँ मिनेटमा र टिमोथी ओकेरेकेले ६६ औँ मिनेटमा गोल गरे, अर्को गोल भने आत्मघाती उपहार पाएको थियो । […]