नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध साइबर ब्युरोमा जाहेरी दिएको छ। संघका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङले बिहीबार दिउँसो नेपाल प्रहरी प्रधान कार्यालयमा उपस्थित भएर जाहेरी दर्ता गराएका हुन्। जाहेरीमा बालेन शाहले आफ्नै फेसबुक पेजमार्फत नेकपा एमालेको केन्द्रीय समिति र विभिन्न मित्र राष्ट्रहरूलाई गाली गरेको उल्लेख गरिएको छ। उनका ती […]