सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधाम उपमहानगरपालिका-१४ मुजेलियास्थित छठघाटमा पुगेर पूजा आराधना गरेका छन् । रास्वपा सभापति लामिछाने यसअघि जनकपुरधामस्थित गंगासागर पोखरीको छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गरेपछि अहिले मुजेलियास्थित छठघाट पुगेका हुन् ।  जनकपुरधामका तालतलैया घाटहरु सजावटसहित आकर्षक रहेको, व्रतालुहरू पूजाआजामा रमाइरहेको तथा छठ पर्वलाई लक्षित गरी […]