काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । जारी प्रतियोगितामा पाँच खेल खेलेको विराटनगरले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ । […]