खोटाङकी मीना राई (३४) नियमित गर्भ जाँचपछि ७ कात्तिकमा सुत्केरी हुन ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पताल भर्ना भएकी थिइन्। उनले नियमित रूपमा सोही अस्पतालमै जाँच गराइरहेकी थिइन्। चिकित्सकले भर्ना हुन भनेपछि गत शुक्रबार बिहान ९ बजेतिर अस्पताल पुगिन्। सोही दिन राति ९ बजे छोरीलाई जन्म दिइन्। नर्मल डेलिभरी भए पनि मीनाको रक्तस्राव रोकिएको थिएन। अस्पतालमै […]