त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदीस्थित झोलुङ्गे पुल बगाएको छ। आइतबार बिहान त्रिशूलीमा आएको बाढीको तीव्र बहावले उक्त पुल चुँडाएर बगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। चरौँदीको पुलले त्रिशूली वारिपारिका गोरखा र धादिङका स्थानीयलाई आवतजावतमा जोड्दै आएको थियो। पुल बगेसँगै त्यस क्षेत्रका स्थानीयको प्रत्यक्ष आवतजावत […]