काठमाडौँ, १५ असोज । राष्ट्रियसभाको आजको बैठकले पूर्वप्रतिनिधिसभा सदस्य घनेन्द्र बस्नेतको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । लोकतान्त्रिक आन्दोलनका अगुवा बस्नेतको ७४ वर्षको उमेरमा बुधबार निधन भएको थियो । प्रतिनिधिसभाका पूर्वसदस्य बस्नेतको निधनमा राष्ट्रियसभाले शोक व्यक्त गरेको छ । स्वर्गीय बस्नेत नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा सङ्खुवासभा निर्वाचन क्षेत्र […]