मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिन अब प्यान र कर चुक्ता अनिवार्य

नेपाल मेडिकल काउन्सिलबाट विभिन्न प्रकारका दर्ता प्रमाणपत्र, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन अब स्थायी लेखा नम्बर (प्यान) र कर चुक्ता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने भएको छ। काउन्सिलले सूचना जारी गर्दै प्रमाणपत्रका लागि आवेदन दिँदा आवश्यक थप कागजात अनिवार्य रूपमा पेस गर्न चिकित्सक तथा सेवाग्राहीलाई जानकारी गराएको हो। यो व्यवस्था मंसिर १५ गतेदेखि लागू हुने काउन्सिलले जनाएको छ।