सबैका लागि खुलेका सार्वजनिक विद्यालयमा जब कक्षाकोठा माथिल्ला तलामा हुन्छन् र त्यहाँ लिफ्ट या र्याम्पको सुविधा हुँदैन, तब ह्विलचेयरबाट टुलुटुलु माथि हेर्नुपर्दाको पीडा त्यहाँ पढ्न भनेर जाने अपांगता भएका विद्यार्थीले बाहेक कसैले बुझ्दैन। अत्यावश्यक प्रशासनिक कामका लागि जानुपर्ने सरकारी कार्यालयका भवनहरू अपांगतामैत्री हुँदैनन्। त्यहाँ पुग्ने अपांगता भएका व्यक्तिलाई आफू देशकै नागरिक हुँ भनेर मन बुझाउन […]