अमेरिकाको १४ बुँदे शान्ति प्रस्ताव अध्ययन गर्दै इरान, सम्झौता नभए तीव्र बमबारी गर्ने ट्रम्पको चेतावनी

अमेरिकाले पठाएको युद्ध अन्त्यसम्बन्धी प्रस्ताव अझै अध्ययनकै क्रममा रहेको इरानले जनाएको छ। ह्वाइट हाउसले भने इरानसँग १४ बुँदे समझदारीको नजिक पुगेको दाबी गरेको छ। इरानी संसद्का एक वरिष्ठ सदस्यले उक्त प्रस्तावलाई “इच्छासूची मात्र” भन्दै अस्वीकार गरेका छन्। विदेश मन्त्रालयका प्रवक्ताले इरानले अमेरिकी प्रस्तावबारे आफ्नो धारणा पाकिस्तानी मध्यस्थकर्तामार्फत पठाउने बताएका छन्। पाकिस्तानका विदेशमन्त्रीले आफ्नो देश “यो […]