रास्वपाको दाबी : प्रतिव्यक्ति आय ३ हजार डलर, जीडीपी १ सय अर्ब

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७ फागुनमा नागरिक करारको नाममा घोषणापत्र जारी गर्ने भएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि रास्वपाले मुख्य गरी सुशासनलाई प्राथमिकता दिँदै चुनावमा नागरिक करार ल्याउन लागेको हो ।