आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ। लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ का तर्फबाट संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले उक्त नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिट निवेदनमा आनी छोइङसँग सम्बन्धित नागरिकता विवाद […]