काठमाडौं- ५७ वर्षीय वसन्त माझीको तन कीर्तिपुरको राधास्वामी सत्संग आश्रमको अस्थायी शिविरमा भएपनि मन चाहिँ थापाथलीको बागमती किनारमै छ । रिक्सामा सामान बोकेर जीवन धान्दै आएका उनले थापाथलीको सुकुम्वासी बस्तीमा २० वर्ष बिताए । ज्याला मजदुरी गरेर फलाम र जस्ताको टहरो बनाए । त्यही टहरो पनि सरकारी डोजरले भत्कादिएपछि उनी परिवारसहित अस्थायी आश्रममा बसिरहेका छन् […]