ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा आज पनि सुनुवाइ हुँदैछ । आइतबार न्यायाधीशद्वय विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा भएको बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको छ । हिजो ओली र लेखकका तर्फबाट वकिलहरूले बहस गरेका छन् । गत भदौमा भएको जेनजी आन्दोलको घटनाबारे गठित जाँचबुझ आयोगको सिफारिसअनुसार ओली […]