भक्तपुर– सूर्यविनायक नगरपालिका–४ हर्षचोकस्थित ओम सृजनशील समाज बस्तीका ६६ वर्षीय कृष्णबहादुर श्रेष्ठ सेतो कपडामा कोरा बारेर आफ्ना तीन छोराछोरीको किरियामा बसेको आज आठौँ दिन बितेको छ । कृष्णबहादुर र उनकी श्रीमती सरिता श्रेष्ठ अझै शोकबाट तङ्ग्रिएका छैन । गत असोज १८ गते लाङटाङ घुम्न जाँदा बेपत्ता भएका छोरीहरू २६ वर्षीया सनिता, २४ वर्षीया संस्कृति र […]