नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ। वडा तहको अधिवेशनपछि कांग्रेसको महाधिवेशन प्रक्रिया अब गाउँपालिका र नगरपालिकामा नयाँ नेतृत्व चयन गर्ने चरणमा प्रवेश गरेको हो। कांग्रेसको परिमार्जित कार्यतालिकामा गाउँ तथा नगरपालिका अधिवेशन असोज ७ गते गर्ने उल्लेख छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही छिटपुट स्थानबाहेक अधिकांश वडामा नेतृत्व चयन सम्पन्न भइसकेको […]