काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभीएल)मा आज जित हात पारेको छ । चार खेलमा अन्नपूर्णको यो तेस्रो जित हो । एक्सट्रिम इनर्जी ड्रिङ्कको मुख्य प्रायोजन तथा केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अन्नपूर्णले खप्तड फाल्कन्सलाई २५–१५, २५–१५ र २९–२७ अङ्कको सोझो सेटमा पराजित गर्यो । अन्नपूर्णका एन्ख–एर्डेन […]