नेपाल समुद्रपार निकासी पैठारी संघले त्रिशूली नदीमा बुधबार बिहान अकस्मात आएको विनाशकारी बाढीबाट रसुवाको टिमुरेदेखि तल्लो तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। संघले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ। घाइते तथा अलपत्र परेका व्यक्तिको शीघ्र उद्धार र स्वास्थ्यलाभको कामनासमेत गरेको छ। बाढीबाट सडक, पुल, विद्युत् […]