साफ महिला फुटसल च्याम्पियनसिपमा श्रीलंकासँग नेपालको बराबरी

काठमाडौं। थारिडी लियानेजको गोलसँगै श्रीलंकाले साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालको जित खोसेको छ। थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा बुधबार भएको पहिलो खेलमा नेपालले श्रीलंकासँग २-२ गोलको बराबरी खेलेको हो। खेलको दोस्रो मिनेटमै श्रीलंकाकी थर्मिका शिवानेश्वरनले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। तर ११औं मिनेटमा मनीषा रानामगरको गोलसँगै नेपालमा खेलमा फर्किएको थियो। १५औँ मिनेटमा विमला चौधरीले गोल गर्दै […]