बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

“गाउँमै उत्पादन हुने आलु, कोदो, सिन्की, कुखुरा, खसी, साग तथा फापरको व्यावसायीकरण र अन्य उत्पादनलाई समेत प्रवर्द्धन गर्न अब गाउँलाई ‘अग्र्यानिक भिलेज’का रूपमा स्थापित गर्ने योजना छ”, उनले भने, “गाउँमा रासायनिक मल निषेध गरिएकाले अग्र्यानिक कृषि उपजले पाहुनालाई स्वागत गर्न सहज भएको छ।”