भक्तपुर क्यान्सर अस्पतालले 'बीसीएच प्यालियटिभ केयर कोष' स्थापना
नेपालमा प्यालियटिभ केयरको विस्तार गर्ने उद्देश्यले भक्तपुर क्यान्सर अस्पतालले 'बीसीएच प्यालियटिभ केयर कोष' स्थापनाको घोषणा गरेको छ। विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवसको अवसरमा आयोजित कार्यक्रममा अस्पतालले यो घोषणा गरेको हो।