भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का: (बिस्केट) जात्रा आजदेखि सुरु भएको छ । यो जात्रा नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ भने वैशाख ५ गते सम्पन्न गरिन्छ। भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको बिस्का: जात्रा लिच्छविकालदेखि चलिआएको मानिन्छ। तौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरव […]