पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पोखराका पर्यटन व्यावसायीले ‘जाउँ है पोखरा’ अभियान थालेका छन् । व्यावसायीले पोखरामा आन्तरिक पाहुना बोलाउन करिब अढाई दशकदेखि यो अभियान थालेका थिए । पोखराका व्यावसायीले थालेको यो अभियानले आन्तरिक पाहुनाको आगमन बढाएको व्यावसायीको भनाई छ ।