प्रिय सुशीला,हाम्रो दुःख अन्त्य हुने भएन । तिमीलाई मैले यसअघि जेलबाटै चिठी लेखेको थिएँ । त्यस दिनदेखि आजसम्म दुर्योगले कठोरतम् प्रहार गरिरहेको छ । त्यसपछिका दिनमा मैले तिमीलाई पत्र लेख्न सकिनँ । त्यस प्रहारको आघातमा म अझसम्म निसासिएको छु । मैले तिमीलाई घरव्यवहारको बारेमा चिठी लेख्नु पर्दैन । त्यस्तो चिठी जहिले जस्तो लेख्दा पनि हुन्छ […]