काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल कोरियाको सिओलमा आयोजना भएको ११औं ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’मा सहभागी भएर आज (शनिबार) स्वदेश फर्किएका छन्। उनली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै २५ कात्तिकमा त्यसतर्फ गएका थिए। कोरियाको विज्ञान र आईसीटी (एमएसआईटी) मन्त्रालय तथा नेसनल इनफर्मेसन सोसाइटी एजेन्सी (एनआईए) सँगको संयुक्त आयोजनामा सिओलमा आईसीटी लिडरसिप फोरम आयोजना गरिएको हो। […]