काठमाडौँ । यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटिका लगाएर तिहार मनाएका छन् । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एक अर्कालाई टीका र माला लगाइदिएर भाइटिका मनाएका हुन् । बालबालिकालाई तिहारमा एक्लोपन महसुस हुन नदिन सामूहिक भाइटिका कार्यक्रम आयोजना गरिएको नेपाल बाल संगठन म्याग्दीका […]