विद्यालय तहका विद्यार्थीलाई १ मिनेटको भिडियो बनाएर ५० हजार जित्ने अवसर
काठमाडौं महानगरपालिकाले ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ को अवसरमा विद्यालय तहका बालबालिकालाई लक्षित गर्दै ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा एक मिनेटको भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।