राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति पौडेलले ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले जानकारी दिए ।