दीपक भट्टको कारागार सरुवाको औचित्यमाथि प्रश्न, छानबिन माग्दै बुवा मानव अधिकार आयोगमा

दीपक भट्टका बुवा चतुर्भुज भट्टले छोराबारे सञ्चारमाध्यममा प्रकाशित सामग्री र नख्खुबाट सिन्धुपाल्चोक कारागार सरुवा गरिएको निर्णयको छानबिन माग्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन्। उनले सरुवाको आधार र औचित्य अध्ययन गरी छोराको मानव अधिकार तथा संविधानप्रदत्त मौलिक हक संरक्षण गर्न आग्रह गरेका हुन्। पुल्चोकस्थित आयोगको कार्यालयमा दिईएको निवेदनमा विभिन्न अदालतमा मुद्दा विचाराधीन रहँदा दीपकलाई […]