वाग्लेले ९० अर्ब पुर्‍याए अबण्डा बजेट : बदनाम शैलीलाई नयाँ सरकारको प्रोत्साहन

१५ असार, काठमाडौं । विनियोजन विधेयकको मन्त्रालयगत छलफलका क्रममा डेढ साता अगाडि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संसदमा एक खुलासा गरे । उनका अनुसार मन्त्री बन्नु अगाडि उनलाई अबण्डा (बजेटको शीर्षक नखुलाई एकमुष्ट रकम …