ट्रम्पले भने- भारत–अमेरिका व्यापार सम्झौता छिट्टै टुंगिनेछ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीच लामो समयदेखि जारी व्यापार सम्झौता (ट्रेड डिल) सम्बन्धी वार्ता छिट्टै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन्। ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना असल मित्र रहेको बताउँदै दुई देशबीचको सम्बन्ध अत्यन्त सकारात्मक रहेको उल्लेख गरे। ‘हामी व्यापार सम्झौतामा पुग्नेछौँ भन्ने मेरो विश्वास छ। […]