एक युद्धः दुई अभिव्यक्ति

एउटा दीर्घ हीनताले न्याक्क पारेको छ । युद्ध खालि बम र बारुदमा मात्र पनि कहाँ देखिँदोरहेछ र ? यहाँ त लाग्छ, हरेक मान्छे एउटा रणमैदान हो, आफैँभित्रका विचार र निष्ठाका सयौँ युद्ध निरन्तर चलिरहेछन् ।