काठमाडौं– बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पदबाट राजीनामा दिनुअघि दिएको अभिव्यक्तिले भारत–बंगलादेश सम्बन्धमा फेरि चर्चा चुलिएको छ। सोमबार विदाइ सम्बोधनका क्रममा उनले पूर्वोत्तर भारतका ‘सेभेन सिस्टर्स’ राज्यहरूको उल्लेख गर्दै भारतको नाम नलिएको विषयलाई लिएर विभिन्न अर्थ लगाइएको छ। विदाइ भाषणमा युनुसले भने, ‘हाम्रो खुला समुद्र केवल बंगलादेशको भौगोलिक सिमाना मात्र होइन, यो वैश्विक अर्थतन्त्रसँग […]