काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केही सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै स्पष्टिकरण दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत २०८२ माघ २ गते कांग्रेस पार्टीसम्बन्धी निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध २०८२ माघ ४ गते सर्वोच्च अदालतमा दर्ता गरिएको रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रूपमा असत्य भएको बताएका छन् । […]