श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाले तोकेको म्यानपावरसम्बन्धी १० बुँदे मापदण्ड तत्काल कार्यान्वयन गर्न नसकिने औपचारिक जानकारी पठाएको छ । मन्त्रालयले यो सूचना परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नोटका रूपमा मलेसियाली पक्षलाई पठाएको हो । मन्त्रालयका सूचना अधिकारी जनकराज शर्माका अनुसार मंगलबार परराष्ट्र मन्त्रालयलाई पठाइएको पत्रमा हाल मलेसियाको मापदण्ड अत्यधिक जटिल भएको र त्यसका कारण तत्काल […]