भोटेकोशी बाढी आएको ११ दिनपछि नुवाकोटको बेत्रावतीबाट ६४ वर्षीया महिलाको सकुशल उद्धार भएपछि जिल्लामा बेपत्ता नागरिकको खोजी थप तीव्र पारिएको छ। जीवितै उद्धारको उक्त घटनाले अझै मानिस बचाउन सकिने आशा बढाएपछि सुरक्षाकर्मीलाई जिल्लाका ३० स्थानमा केन्द्रित गरेर सघन खोजीमा परिचालन गरिएको हो। शनिबार विदुर नगरपालिका–१० स्थित बेत्रावतीबाट ६४ वर्षीया महिलालाई सकुशल उद्धार गरिएको थियो। लामो […]