दुई घण्टापछि नियन्त्रणमा आयो देवानगञ्जको तनाव, अवस्था सामान्य बन्दै

विराटनगर । सुनसरीको देवानगञ्ज बजार क्षेत्रमा मंगलबार साँझ दुई समूहबीच भएको झडपपछि उत्पन्न तनाव प्रहरीले करिब दुई घण्टापछि नियन्त्रणमा लिएको छ। घटनास्थलमा खटिएका प्रहरी अधिकारीले प्रशासनलाई दिएको जानकारी अनुसार साँझ करिब ८ बजेदेखि सुरु भएको झडपका कारण बजार क्षेत्रमा तनावको अवस्था सिर्जना भएको थियो। प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको उनले जानकारी दिए। प्रहरीका अनुसार […]