नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की तत्कालीन प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल विशेष अदालतबाट आरोपमा पूर्ण सफाइ पाएपछि पुनः प्रबन्ध निर्देशक पदमा पुनर्बहाल भएकी छन्। नेपाल टेलिकमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार विशेष अदालतबाट सफाइ पाएपछि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको असार २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उनीमाथिको निलम्बन फुकुवा गरिएको हो। पदबहालीपछि कर्मचारीलाई […]