शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता

काठमाडौं- अहिले नेपालको वाम आन्दोलन इतिहासकै कमजोर अवस्थामा छ । नेताहरूको जुँगाको लडाईंका कारण वाम पार्टीहरू जनअनुमोदित हुन चुकेका छन् । अहिले अस्तित्वमा रहेका २२-२३ वटा कम्युनिस्ट पार्टीमध्ये प्रतिनिधि सभामा दुई वटा कम्युनिस्ट पार्टीको मात्रै सीमित प्रतिनिधित्व छ । प्रतिनिधि सभामा अहिले नेकपा एमालेको २५ सिट छ । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर […]